राजनीति

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य सुधार हुँदै, अझै ३/४ दिन अस्पतालमै रहने

फाइल तस्बिर

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्। मङ्गलवार मुटुको शल्यक्रिया गरिएको उनको स्वास्थ्य क्रमिक रुपमा सामान्य बन्दै गएको हो।

मुटुमा समस्या देखिए पछि गृहमन्त्री श्रेष्ठलाई शहिद गङ्गालाल हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो। मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको र हाल उनी सीसीयूमा रहेका छन्।

गृहमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले मन्त्री श्रेष्ठलाई अझै ३/४ दिन अस्पतालमै राखिने बताए। उनले भने, ‘हाल मन्त्री ज्यूको स्वास्थ्य अवस्था स्थिर छ। क्तमिक रुपमा सामान्य अवस्थामा फर्किदै छ। चिकित्सकको सल्लाह अनुसार अझै ३/४ दिन अस्पतालमै बस्नुहुन्छ। त्यसपछि मात्रै डिस्चार्ज हुनुहुन्छ।’

यसअघि गत कात्तिकमा चीन भ्रमणमा रहेको बेला पनि उपप्रधानमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछि स्टेन्ट राखिएको थियो।

प्रकाशित: २१ मंसिर २०८० ०५:५२ बिहीबार

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वास्थ्य अवस्था स्थिर मुटुको शल्यक्रिया स्वास्थ्य क्रमिक रुपमा सामान्य