प्रधानमन्त्री पुष्पकमल दाहाल र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ। उनी अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत हुन्।
भेटवार्तामा दुई मुलुकबिचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन्।
बुधवार काठमाडौं आएकी उनले आएलगत्तै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीसँग भेटवार्ता गरेकी थिइन्।
प्रकाशित: २१ मंसिर २०८० ०३:५४ बिहीबार