राजनीति

एनसेल खरिदबिक्री राजनीतिक संलग्नताबीना असम्भवः रावल

नेकपा एमालेका नेता भीम रावलले एनसेलको सेयर खरिदबिक्री सरकार र उच्च राजनीतिक संलग्नताबीना सम्भव नहुने दाबी गरेका छन्। 

ट्वीटर(एक्स)मा अभिव्यक्ति सार्वजनिक गर्दै रावलले सरकारको स्वामित्वमा आउन नदिन कम्पनी विक्रीको नाटक गरिएको दाबी गरेका हुन्।  

‘एनसेलले ७० अर्ब बढी राजस्व नतिरेको मुद्दा चलिरहेकै बेला अर्बौंको घोटाला गर्नुका साथै कम्पनी सरकारको स्वामित्वमा आउन नदिन कम्पनी बिक्रीको नाटक गरिएको छ,’ रावलले लेखेका छन्, ‘यो सरकार र उच्च राजनीतिक संलग्नता बिना सम्भव हुन्ने देखिन्न।’  

‘सुशासन र राष्ट्रिय हित भनेको यस्तै हुन्छ?’ भन्दै प्रश्न गर्दै रावलले छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

प्रकाशित: १९ मंसिर २०८० ०८:१३ मंगलबार

नेकपा एमाले भीम रावल