राजनीति

केसीको मुद्दा नयाँ इजलासमा

काठमाडौँ – अदालतको मानहानीको आरोपमा अदालत पुर्‍याइएका डा. गोविन्द केसीको मुद्दाका लागि सर्वोच्चले बुधबार नयाँ इजलास तोकेको छ। 

केसीको मुद्दाका लागि सर्वाेच्चले न्यायाधीस पुरुषोतम भण्डारी तथा बमकुमार श्रेष्ठको इजलास तोकेको हो। 

यसअघि डा. केसीको मुद्दा न्यायाधीस ओमप्रकाश मिश्र तथा केदार प्रसाद चासिलेको इजलासमा परेको थियो ।

अदालतको मानहानी गरेको भन्दै उनलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित: २६ पुस २०७४ ०६:१८ बुधबार

केसीको मुद्दा इजलासमा