राजनीति

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दै छ। 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अहिले बिहान ११ बजे बस्ने बैठकमा अन्तरपार्टी निर्देशन (अपानि) मा नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयन लगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने बताइएको छ।

यस्तै पार्टीले बैठकले महाअधिवेशनको नयाँ मिति टुङ्गो लगाउने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गरी सक्षमता र योगदानका आधारमा नेताहरूको जिम्मेवारी हेरफेर समेत गर्ने जनाइएको छ।

बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल  र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिने प्रचार विभाग प्रमुख खतिवडाले बताए।

प्रकाशित: १८ मंसिर २०८० ०३:५४ सोमबार

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सचिवालय बैठक अन्तरपार्टी निर्देशन महाअधिवेशन