राजनीति

एमाले अध्यक्ष ओली बुधबार बैंकक जाने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक जाने भएका छन्।

ओली बुधबार मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक प्रस्थान गर्ने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ।

ओलीका साथ धर्मपत्नी राधिका शाक्य, भतिजा राजेश शाक्य र चिकित्सकसमेत जानेछन। मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उनी बैंकक जाने गरेका छन्।

निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उनी बंैकक जानलागेका हुन्। निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारणले ओली जान सकेका थिएनन्।

स्वास्थ्य परीक्षण गराई ओली माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी गराए।

प्रकाशित: २५ पुस २०७४ १३:५२ मंगलबार

एमाले अध्यक्ष ओली बुधबार बैंकक जाने