राजनीति

‘डा. केसीको विषयमा सर्वोच्चले आफ्नो निर्णय पुनर्विचार गरोस्’

काठमाडौं – नेपाली कांग्रेसले प्रहरी हिरासतमा रहेका डा. गोविन्द केसीको विषयमा निर्णय पुनर्विचार गर्न सर्वाेच्च अदालतलाई सुझाव दिएको छ।

कांग्रेस नेता बालकृष्ण खाँडले मंगलबार पत्रकारहरुसँग कुरा गर्दै चिकित्सा शिक्षा सुधारका लागि लडिरहेका डा. केसीप्रति आफूहरुको सम्मान रहेको बताउँदै भने, ‘उहाँप्रति हाम्रो सम्मान, आदर मान छ, सर्वोच्च अदालतले आफ्नो निर्णय पुनर्विचार गरोस्, तर न्यायलयप्रति पनि हाम्रो सम्मान छ।’

डाक्टर केसीले जनजीवन सम्बन्धी खासगरी स्वास्थ्य र शिक्षासम्बन्धी महत्वपूर्ण मुद्दाहरुको उठान गरेको भन्दै खाँडले अगाडि भने, ‘उहाँका जायज विचारलाई राज्यले सम्बोधन गर्नुपर्छ।’

पछिल्लो समय अदालत र केसीवीच भएको घट्ना दुःखदायी रहेको पनि उनले सुनाए । उनले थपे, ‘अदालत र केसी दुवैप्रति हाम्रो सम्मान छ, चाँडै समस्या समाधान गर्न पाईयोस्, हाम्रो कामना यही छ।’

प्रकाशित: २५ पुस २०७४ १३:४५ मंगलबार

डा. केसीको विषयमा सर्वोच्चले आफ्नो निर्णय पुनर्विचार गरोस्