राजनीति

व्यवस्थामाथि खतरा छैन,अराजकतालाई छुट दिइन्नः गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको राजनीतिक व्यवस्थामाथि खतरा नभएको बताएका छन्।भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले अराजक गतिबिधिहरूले व्यवस्थामाथि खतरा नहुने बताएका हुन।  

‘अहिले जुन प्रकारको गतिविधि गर्न खोजिएको छ, त्यसलाई व्यवस्थामाथि नै ठूलो चुनौतीका रूपमा लिएका छैनौं,’ उनले भने, ‘संविधान र लोकतान्त्रिक पद्धतिलाई रक्षा गर्नका लागि सरकार पनि गम्भीरतापूर्वक लागिपरेको छ।’  

सरकार संविधानको रक्षा र लोकतन्त्रले दिएको अधिकारको अभ्यासलाई सुनिश्चित गर्न उदारतापूर्वक सोचिरहेको विषयलाई कमजोरी नठान्न मन्त्री श्रेष्ठले आग्रह गरे।उनले भने, ‘त्यसलाई कसैले पनि कम्जोरी ठानेर सामाजिक सद्भाव खल्बलाउने, जाति, धार्मिक एकता र सद्भाव सहिष्णुतालाई खल्बलाउने र राष्ट्रिय एकतामा असर पार्न काम र समाजमा अशान्ति, अस्थिरता र अराजकता उत्पन्न गर्ने र कानुन हातमा लिने काम कसैले गर्छ भने हामी छुट दिने पक्षमा छैनौं।’

प्रकाशित: १६ मंसिर २०८० ०७:३१ शनिबार

नारायणकाजी श्रेष्ठ उपप्रधान एवं गृहमन्त्री