राजनीति

शरणार्थी नेता रिजाल छुटे,रायमाझी छुटेनन्

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश भएको छ।

उच्च अदालत, पाटनले आज शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो।यस्तै पूर्व उपप्रधानमन्त्री टोपबहादृुर रायमाझीलाई भने थुनामै राख्ने आदेश भएको छ।रायमाझीसंगै थुनामा रहेका अन्य ८ जनालाई पनि थुनामै राख्ने आदेश भएको छ। रायमाझीसंगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने काठमाडौ जिल्ला अदालतको आदेश सदर गरेको हो।

जेठ ४ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता  रिजाललाई प्रहरीले पक्राउ गरेको थियो ।उनीसहित १६ जनालाई असार १ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो।त्यसपछि नेता रिजाल केन्द्रीय कारागार सुन्धारामा थिए।

प्रकाशित: १५ मंसिर २०८० १०:५७ शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण