राजनीति

अनिल केशरी, पुकार बमसहित रास्वपामा ५ नयाँ केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा अनिल केशरी शाह र पुकार बमसहित थप पाँच जना केन्द्रीय सदस्य थप गरिएको छ।महोत्तरीको जलेश्वरमा सम्पन्न  केन्द्रीय समिति बैठकले शाह र बमसहित थप  ५ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो। 

बैङ्किङ क्षेत्रमा लामो समय सम्म काम गरेका शाहले यसअघि मुलुकका विभिन्न प्रतिष्ठित बैकहरूमा महत्त्वपूर्ण  जिम्मेवारी निभाएका थिए। उनी युवा र उद्यमीका लागि रोल मोडलसमेत रहेका छन्। 

त्यसैगरी थप गरिएका अर्का केन्द्रिय सदस्यमा चर्चित अभियन्ता पुकार बम रहेका छन्। कोरोनाको समयमा सङ्कटमा परेका नागरिकलाई गाँसबासको व्यवस्थामा सक्रिय रहेका पुकार युवा माझ लोकप्रिय रहेका छन्। उनी अघिल्लो निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ मा उम्मेदवार समेत बनेका थिए।

थप गरिएका अन्य केन्द्रीय सदस्यमा राजन गौतम, डा. नन्दन यादव, कामिनी चौधरी रहेका छन्। उनीहरू मनोनीत भएसँगै रास्वपाको केन्द्रीय समिति ५७ सदस्यीय भएको छ। यसअघि बुधवार नै १४ जनालाई केन्द्रीय सदस्य मनोनीत गरिएको थियो।

प्रकाशित: १४ मंसिर २०८० ०३:१० बिहीबार

राष्ट्रिय स्वतन्त्र पार्टी अनिल केशरी शाह पुकार बम राजन गौतम डा. नन्दन यादव कामिनी चौधरी