राजनीति

मन्त्रिपरिषद्को बैठक जारी

फाइल तस्बिर

मन्त्रिपरिषद बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा जानुअघि मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। नियमित बैठक भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

प्रधानमन्त्री दाहालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप–२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दै छ।

बेलुका साढे ९ बजेको फ्लाइटमार्फत प्रधानमन्त्रीको टोली युएई जाने भएपनि बिहान मन्त्रिपरिषदको बैठक बसेको हो।

‘मन्त्रालयमा रोकिएका कुनै निर्णय आजै गर्नुपर्ने भएकाले पनि बैठक बसेको यो प्रधानमन्त्रीको भ्रमणबारे पनि जानकारी हुुनसक्छ’, बैठक शुरु हुनअघि एक मन्त्रीले भने।

प्रकाशित: १३ मंसिर २०८० ०३:५३ बुधबार

मन्त्रिपरिषद मन्त्रिपरिषद बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा