राजनीति

गृहमन्त्री श्रेष्ठ र प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुबीच भेटघाट

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले आज गृह मन्त्रालयमा संयुक्त भेटघाट गरेका छन्।

त्यसक्रममा प्रदेशमा प्रहरी समायोजन प्रक्रियालाई छिटो टुङ्गो लगाउनेबारे छलफल भएको थियो।उपप्रधानमन्त्री श्रेष्ठले सरकार संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन र कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुङ्ग्याइने बताए।वर्तमान सरकारले नै प्रहरी समायोजन प्रक्रिया टुङ्ग्याउछ उपप्रधानमन्त्री श्रेष्ठले  भने,हतपतमा नगरौ राम्रो गरौ राम्रो गर्दा ढिलो नगरौ।

भेटघाटका क्रममा मन्त्री गंगानारायण श्रेष्ठआन्तरिक मामिला तथा कानून वाग्मती प्रदेश,मन्त्री मोहम्मद समिम गृह, सञ्चार तथा कानुन मधेस प्रदेश,मन्त्री सन्तोष कुमार पाण्डे  गृह, सञ्चार तथा कानुन लुम्बिनी प्रदेश,मन्त्री कृष्ण बहादुर जिसी आन्तरिक मामिला तथा कानुन, कर्णाली प्रदेश,मन्त्री शिवराज भट्ट आन्तरिक मामिला तथा कानुन सुदूरपश्चिम प्रदेश,मन्त्री सरस्वती अर्याल तिवारी ऊर्जा, जलश्रोत तथा खानेपानी(प्रतिनिधि) गण्डकी प्रदेश र मन्त्री शमशेर राई  गैर विभागीय (प्रतिनिधि आन्तरिक मामिला तथा कानून कोशी प्रदेश सहभागी रहेको थियो ।

प्रकाशित: १२ मंसिर २०८० १२:४१ मंगलबार

गृहमन्त्री नारायणकाजी श्रेष्ठ