राजनीति

रास्वपा बैठकको दोस्रो दिन: सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने (कार्यसूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ। सोमवारबाट सुरु भएको रास्वपाको संयुक्त बैठक भोलिसम्म चल्ने बताइएको छ।

बैठकको दोस्रो दिन आज संसदीय दलको बैठक ८ बजेदेखि ९ बजेसम्म हुनेछ भने केन्द्रीय समितिको बैठक ९ देखि ११ बजेसम्म हुने छ। ११ बजेदेखि बैठकमा प्रतिवेदनहरू पेस गर्ने र ती प्रतिवेदनमा छलफल हुने जनाइएको छ।  

आजको कार्यक्रममा रास्वपा सभापति रबि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने भएका छन्। प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको गतिविधिसम्बन्धी प्रतिवेदन पेस गर्ने भएका छन्। यसपछि महाधिवेशन कार्यविधि तथा प्रक्रियाबारे पनि छलफल हुने जनाइएको छ।

यस्तो छ दोस्रो दिनको कार्यसूचीः

प्रकाशित: १२ मंसिर २०८० ०२:३५ मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति संसदीय दल संयुक्त बैठक महोत्तरी जलेश्वर