राजनीति

वाम गठबन्धनलाई पाँच वर्षका लागि जनादेशः नेता विष्ट

काठमाडौं – नेकपा एमालेका सचिव गोकर्ण विष्टले निर्वाचनमा जनताले वाम गठबन्धनलाई पाँच वर्षका लागि मुलुकको नेतृत्व गर्न जनादेश दिएको बताएका छन्।

राष्ट्रिय जनसांस्कृतिक महासंघको ३०औँ वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित कार्यक्रममा सचिव विष्टले एमाले र माओवादी केन्द्रबीच बलियो एकता गरी पाँच वर्षभित्र १५ वर्षमा गर्न नसकिने विकासका काम गरेर देखाउनुपर्नेमा जोड दिए। उनले भने– ‘यो अवधिमा गठबन्धनले मुलुकमा विकास र समृद्धिका काम गरेर जनताको विश्वास जित्नेछ, यसको नेतृत्व एमालेले गर्नेछ।’

महासंघका अध्यक्ष खगेन्द्र राईले जनवादी साहित्य र संस्कृतिको प्रवद्र्धनका लागि वाम गठबन्धनको सरकारले काम गर्नुपर्ने बताए। रासस

प्रकाशित: १९ पुस २०७४ १६:१८ बुधबार

वाम गठबन्धनलाई वर्षका लागि जनादेशः नेता विष्ट