राजनीति

निर्वाचन अन्तर्राष्ट्रिय सम्मेलन हुने

निर्वाचन आयोगले निर्वाचन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। 

मंसिर २० र २१ गते निर्वाचन आयोग नेपाल र एसियन नेटवर्क फर फ्री इलेक्सनको संयुक्त आयोजनामा दुई दिने कार्यक्रम हुने भएको हो। एसियाका निर्वाचन व्यवस्थापन निकाय र सम्बद्ध सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता हुने बताइएको छ। 

सम्मेलनको उद्घाटन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने निर्वाचन आयोगले जनाएको छ। कार्यक्रममा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा प्रतिनिधिसहित सहभागी हुँदै छन्।

सम्मेलनको मुख्य नारा ‘दिगो लोकतन्त्रको निर्माण चुनावी चुनौती र अवसर’ भन्ने मुख्य नाराका साथ हुन लागेको सम्मेलनमा नेपाल लगायत अन्य मुलुकका विज्ञले ७ वटा विषयमा केन्द्रित रही २१ वटा कार्यपत्रहरू प्रस्तुत गर्नेछन्। 

दुई दिने सो सम्मेलनले दुई दिने सो सम्मेलनले निर्वाचन सुधारमार्फत लोकतन्त्र सुदृढ र निर्वाचनका विषयमा काठमाडौं घोषणापत्रसमेत जारी हुने निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: ११ मंसिर २०८० १०:४६ सोमबार

निर्वाचन आयोग नेपाल