राजनीति

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक सर्वदलीय बैठक आह्वान गरेका हुन्।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीलगायत दलका शीर्ष नेताको बैठक बिहीबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

प्रकाशित: १९ पुस २०७४ १४:२० बुधबार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक