राजनीति

रास्वपाको संयुक्त बैठक आजबाट सुरु हुँदै, यस्ता छन् एजेन्डा

रास्वपाको संयुक्त बैठकका लागि जलेश्वर पुगेका पार्टी सभापति रवी लामिछानेसहितका पदाधिकारी।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आजबाट सुरु हुँदैछ।

बैठक मधेश प्रदेशको महोत्तरीको जलेश्वरमा सुरु हुनेछ। ३ दिनसम्म चल्ने बैठक आज बिहान ११ बजेबाट सुरु हुने केन्द्रीय सदस्य सोबिता गौतमले जानकारी दिइन्।

पार्टीका प्रदेश सभापतिहरूको सहभागिता रहने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ। 

त्यस्तै  पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने पनि गौतमले बताइन्।

प्रकाशित: ११ मंसिर २०८० ०२:३९ सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति संसदीय समिति महोत्तरी जलेश्वर