राजनीति

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले क्यानडाका लागि नेपाली राजदूतमा प्रस्ताव गरिएका भरतराज पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको छ। आइतबार बसेको समितिको बैठकले पौड्यालको नाम अनुमोदन गरेको हो।

समितिमा उपस्थित पौड्यालाई भावी कार्य योजना र उजुरीबारे जानकारी लिइएको थियो। पौड्याल विरुद्ध समितिमा दुई वटा उजुरी परेका थिए। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनलाई राष्ट्रपतिबाट नियुक्ति गरिने छ। 

गत कात्तिक ३ गते मन्त्रिपरिषद् बैठकले पौड्याललाई क्यानडाको राजदूतमा सिफारिस गरेको थियो। २०७७ साल असोज २३ गते परराष्ट्रको सचिवमा बढुवा भएका उनको मंसिर २० गतेसम्म सेवा अवधि थियो। सेवा अवधि सकिने बेलामा उनलाई क्यानडाको राजदूतमा प्रस्ताव गरिएको भन्दै उजुरी पनि परेको थियो।

प्रकाशित: १० मंसिर २०८० ११:३८ आइतबार

भरतराज पौड्याल