राजनीति

अखिलको 'मुर्दा जुलुश'मा प्रहरी हस्तक्षेप

काठमाडौं-  पेट्रोलियम पदार्थको मूल्य बृद्धि र निर्वाचन आयोगका पछिल्ला गतिविधिको विरोध गर्दै नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले 'मुर्दा जुलुश' निकालेको छ।

त्रिचन्द्र कलेजबाट निस्किएको जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ। जुलुशलाई तितरवितर पार्न टियर ग्याँस समेत प्रहार भएको छ। प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको छ। विद्यार्थी र प्रहरीबीच झडप समेत भएकोछ।

विद्यार्थीले निकालेको जुलुश। तस्बिर: विजय गजमेर

नेपाल आयल निगमले सोमबार मात्र पुन पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको थियो। संगठनले मूल्य बृद्धि खारेज गर्न माग गरेको छ। यस्तै निर्वाचन आयोगलाई समानुपातिक तर्फको मतपरिणाम सार्वजनिक गर्न समेत उनीहरुले माग गरेका छन्।

 

 

प्रकाशित: १८ पुस २०७४ ०८:५६ मंगलबार

अखिलको मुर्दा जुलुशमा प्रहरी हस्तक्षेप