राजनीति

भ्रष्टाचारीको तिन पुस्ता छोड्नु हुँदैन: चन्द्र भण्डारी

कांग्रेस नेता चन्द्र भण्डारीले भ्रष्टाचार गर्ने नेताको तिन पुस्तालाई छोड्न नहुने बताएका छन् ।जनताको करमा रजाँई गर्नेलाई माफ गर्न नसकिने भन्दै उनले तिन पुस्ता पिर्नेगरी कारवाही गर्नुपर्ने बताए।

भ्रष्टाचार गर्ने केही सिमित व्यक्तीहरुले गर्दा त्यसको भारी आफुहरुले समेत बोक्नु परेको भन्दै उनले भ्रष्टाचार गर्नेलाई त्यसै छोड्न नहुने बताए।‘एकसय मान्छेले नेपालमा भ्रष्टाचार गर्छन, त्यसको भारी सिंङ्गो पार्टीले व्यहोर्न सक्दैन,‘नेता भण्डारीले भने,‘भ्रष्टाचारीको तिन पुस्ते खोजेर कारवाही गर्नुपर्छ ।’

मुलुकमा पछिल्लो समय अराजकता बढेको भन्दै उनले दलका शिर्ष नेताहरुले यसको जिम्मा लिनुपर्ने बताए । नेताहरुको प्रवृत्तीका कारणनै अराजकता मच्याउनेले प्रसय पाईरहेको भन्दै नेता भण्डारीले सच्चिएर जान उनले नेताहरुलाई आग्रह गरेका छन्।अझैपनि नागरिकका समस्याहरु मिल्काएर सत्तामोहमा अभ्यस्त हुने हो भने जनताले माफी नदिने उनको भनाई छ।

गणतन्त्र फालेर राजा ल्याउने कुराहरु मिडियामा सुनेको भन्दै उनले राजाले नै गणतन्त्र ल्याईदिएको दावी गरे।श्रीपेच फुकालेर उनले आफै गद्दी छोडेको भन्दै भण्डारीले राजा ल्याउने व्यर्थका कुरा नगर्न आग्रह गरे

 

प्रकाशित: ८ मंसिर २०८० १४:१६ शुक्रबार

भ्रष्टाचारीको तिन पुस्ता छोड्नु हुँदैन: चन्द्र भण्डारी