राजनीति

पूर्व राजालाई बस्नेतको चेतावनी: निर्मल निवास बस्न मन नभए दुर्गा प्रसाईंको पछि लाग्नु

नेकपा (एमाले) का नेता महेश बस्नेतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई निर्मल निवास बस्न मन नभए दुर्गा प्रसाईंको पछि लाग्न चेतावनी दिएका छन्।

बिहीबार नेकपा (एमाले) निकट युवा सङ्घले तीनकुनेमा गरेको प्रदर्शनमा बोल्दै बस्नेतले पूर्व राजा शाहलाई निर्मल निवास बस्न मन नभए दुर्गा प्रसाईंको पछि लाग्न चेतावनी दिएका हुन्।

बस्नेतले भने, 'ज्ञानेन्द्र तिमीलाई निर्मल निवासमा बस्न मन छ कि छैन, दुर्गा प्रसाईंको पछि लाग। हामी सबै धर्मावलम्बीहरूको सम्मान गर्छौं।'

प्रकाशित: ७ मंसिर २०८० ०८:०४ बिहीबार

पूर्व राजा ज्ञानेन्द्र शाह नेता महेश बस्नेत