राजनीति

दाहाल सरकारको आयु छोटो छ: नेता बस्नेत

नेकपा (एमाले) का नेता महेश बस्नेतले पुष्पकमल दाहाल नेतृत्वको सरकारको आयु छोटो भएको बताएका छन्। 

बिहीबार नेकपा (एमाले) निकट युवा सङ्घले तीनकुनेमा गरेको प्रदर्शनमा बोल्दै बस्नेतले पुष्पकमल दाहाल नेतृत्वको सरकारको आयु छोटो भएको बताएका हुन्।

उनले युवा सङ्घको प्रदर्शन शान्तिपूर्ण रहने पनि दाबी गरेका छन्। नेपाल प्रहरीसँग समन्वयमा कार्यक्रम गरेको हुँदा सरकारले लगाएको निषेधाज्ञा पनि नतोड्ने उनको भनाई छ।

बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आलोचना समेत गरेका छन्। 

प्रकाशित: ७ मंसिर २०८० ०७:४५ बिहीबार

महेश बस्नेत