राजनीति

मन्त्री गिरीलाई पदबाट फिर्ता बोलाउने राप्रपाको निर्णय

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले शहरी विकास मन्त्री दीलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको छ। 

पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मन्त्री गिरीले पार्टी अनुशासन विपरीत कार्य गरेकाले हटाउने निर्णय गरिएको र सो विषयमा प्रधानमन्त्रीलाई पत्राचारसमेत गरिएको जानकारी दिए। 

मन्त्री गिरीले सो विषयमा आफूले पनि हल्ला सुनेको बताए। पार्टी अध्यक्ष निरंकुश भएपछि कुनै पनि नेता जुनकुनै समयमा कारबाहीमा पर्नसक्ने उनको भनाइ छ। रासस

प्रकाशित: १४ पुस २०७४ ०९:४१ शुक्रबार

मन्त्री गिरीलाई पदबाट बोलाउने राप्रपाको निर्णय