राजनीति

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँ : राष्ट्रपति

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीचको विवाद र गतिरोध अन्त्यका लागि आफूले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेको बताएकी छन् ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित शुक्रवार शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरणसँगै राजनीतिक गतिरोध अन्त्य हुने विश्वास व्यक्त गरेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच अध्यादेश र पछिल्लो राजनीतिक अवस्था विषयमा कुराकानी भएको थियो । 
राष्ट्रपति भण्डारीले सरकारले कार्तिक ६ गते सिफारिस गरेको राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश आज शुक्रवार नै प्रमाणीकरण गर्नुभएको थियो । अध्यादेशको अभावमा रााष्ट्रियसभाको निर्वाचन प्रक्रिया अगाडि बढेको छैन । निर्वाचन आयोगलाई राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको पूर्ण मतपरिणाम सार्वजनिक गर्न पनि अप्ठ्यारो परेको छ । (रासस)

प्रकाशित: १४ पुस २०७४ ०७:४८ शुक्रबार

राजनीतिक गतिरोध अन्त्य गर्न अध्यादेश प्रमाणीकरण गरेँ राष्ट्रपति