राजनीति

छिमेकीहरूसँगको वैमनस्यता नेपालको हितमा छैन: ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छिमेकीहरूसँगको वैमनस्यता नेपालको हितमा नहुँने बताएका छन्।

केन्द्रिय कमिटी बैठकमा बोल्दै ओलीले छिमेकीहरुसँगको वैमनस्यता नेपालको हितमा नहुँने बताएका हुन्।

उनले भने, 'हामी हाम्रा छिमेकीहरुसँग अत्यन्त सुमधुर वस्तुपरक ढंगले राख्न चाहन्छौँ। हामीले हाम्रो जियो पोलिटिक्स बुझेका छौँ। हाम्रा छिमेकीका संवेदनशिलताहरु बुझेका छौँ। उहाँहरुको जेनुन हितहरूलाई पनि बुझेका छौँ। हामी हाम्रा छिमेकीहरुसँग झगडा गर्न चाहँदैनौँ। झगडा गर्ने सोच नै राख्दैनौँ। हाम्रा छिमेकीहरूसँगको वैमनस्यता नेपालको हितमा हुनै सक्दैन।'

उनले छिमेकीहरूसँग राम्रो सम्बन्ध पनि राख्न चाहेको बताएका छन्।  'हाम्रा छिमेकीहरुसँग हामी सुमधुर सम्बन्धन चाहन्छौँ। तर, सुमधुर सम्बन्ध आत्मसमर्पण गरेर राष्ट्रिय हितलाई तिलाञ्जली दिएर, घुँडा टेकेर स्वाभिमान छाडेर, सार्वभौम सत्तामा ठेस लागेको हेरेर सम्बन्ध सुमधुर हुँदैन । मन कुँड्याएर र हेपिएको बोध गरेर सम्बन्ध सुमधुर हुने होइन,' उनले भने। 

प्रकाशित: ६ मंसिर २०८० ०८:०९ बुधबार

केपी शर्मा ओली