राजनीति

आर्थिक मुद्दामा सरकार संवेदनशील छ: प्रधानमन्त्री दाहाल

मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्नका लागि निजी क्षेत्रलाई बोलाएर छलफल गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार आर्थिक मुद्दामा संवेदनशील रहेको बताएका छन्।

निजी क्षेत्रका प्रतिनिधिसँग मंगलबार छलफल गर्दै दाहालले आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सामूहिक प्रयत्नको आवश्यक रहेको बताए।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिषंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका संस्थाका अध्यक्ष तथा प्रतिनिधि सहभागी छन्। प्रधानमन्त्री दाहालले अर्थतन्त्रका केही सूचक सकारात्मक भएपनि दबाबमा रहेको  स्वीकार गरे। दाहालले दुर्गा प्रसाईँलाई लक्षित गर्दै अराजकता फैलाउने कोसिस भइरहेको समेत बताए। ऋण र ब्याज तिर्न पर्दैन भनेर अराजकता फैलाउनेलाई छुट दिन नसक्ने उनले बताए।

दाहालले सोमबार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका अधिकारीसँग पनि छलफल गरेका थिए। अर्थतन्त्रको सुधारका लागि नेपाल उद्योग वाणिज्य संघले उच्चस्तरीय संयन्त्र बनाउन प्रस्ताव गरेको छ।

प्रकाशित: ५ मंसिर २०८० ११:०८ मंगलबार

निजी क्षेत्र प्रधानमन्त्री पुष्पकमल दाहाल