राजनीति

पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्ष एमाले प्रवेश

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन्।

पोखरीयामा आयोजित सभामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टी प्रवेश गराएका हुन्।

एमाले प्रवेश गरेका रौनियार पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्षसमेत हुन्।

प्रकाशित: ५ मंसिर २०८० ०९:३२ मंगलबार