राजनीति

एक सय घर बनाउन पौडेल नेतृत्व टोली जाजरकोटतर्फ

नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको टोली भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी घर निर्माणका लागि काठमाडौँबाट हिँडेको छ।

जाजरकोट जिल्लाको नलगाङ नगरपालिकाको वडा नम्बर ३ र ४मा पौडेल नेतृत्वको टोलीले एक सय घर निर्माण गर्ने जनाएको छ।

काठमाडौँबाट सोमबार घर निर्माणका लागि ३० दक्ष जनशक्तीसहित ४० जना नेता तथा कार्यकर्तासहित पौडेल त्यसतर्फ लागेका छन्। जाजरकोटमा काँग्रेस नेता, कार्यकर्तासहित एक सय जनाको स्वयंसेवक घर निर्माणमा सहयोगी बन्ने पौडेलका स्वकियसचिव शुभाष घिमिरेले जानकारी दिए।

प्रकाशित: ४ मंसिर २०८० १०:३६ सोमबार

नेपाली काँग्रेस