राजनीति

गौरीघाट पुगेर राष्ट्रपति पौडेलले गरे छठ पूजा (तस्बिरहरु)

राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट पुगेर आज छठी माताको पूजा आराधना गरेका छन्।

गौरीघाट पुगेर राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गरेका हुन्।

राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घदान गरेका छन्।

छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै छ। तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ।

प्रकाशित: ३ मंसिर २०८० ११:१५ आइतबार

छठ पूजा राष्ट्रपति रामचन्द्र पौडेल