काठमाडौ– चुनाव हारेपनि मतदातालाई धन्यवाद भन्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो निर्वाचन क्षेत्रमा फर्केका छन् । तनहुँको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा पराजित भएका पौडेल मतदातालाई धन्यवाद भन्न आइतवार र सोमवार निर्वाचन क्षेत्रमा पुगेका छन् ।
भट्टराई पनि गोरखामा
नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई पनि आफ्ना मतदातालाई धन्यावाद दिन गोरखा गएका छन् ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई गोरखा क्षेत्र नं २ मा पराजित गरेका भट्टराई जनतासँगको नियमित सम्पर्क कायम गर्न र धन्यवाद भन्न गृहजिल्ला पुगेका हुन् ।
प्रकाशित: २ पुस २०७४ ०७:२७ आइतबार