राजनीति

रेलले ठक्कर दिँदा पाँच हात्तीको मृत्यु

नयाँ दिल्ली –  उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका सोमबार अधिकारीहरूले जनाएका छन्। 

आइतबार बिहान सबेरै आसाम राज्यमा भएको यस घटनामा ती हात्ती मारिएका हुन्। त्यसमा परी एकजना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ। 

भारत ठूलो सङ्ख्यामा हात्तीहरु रहेको देश हो । हात्तीहरु रेलमार्ग भएर हिँड्ने गरेका छन् । त्यस क्रममा भारतमा यसरी बारम्बार दुर्घटना हुने गरेको छ।

आइतबार बिहानको यस दुर्घटनामा परी पाँच हात्तीको मृत्यु भएको आसाम जंगल विकास बोर्डका प्रमुख विकास बर्माले बताए। 

सन् २०११ मा भएको गणनाअनुसार आसाममा मात्र पाँच हजार ६२० वटा हात्ती रहेका छन्। 

भारतका अन्य राज्यको तुलनामा आसाममा रहेको यो सङ्ख्या बढी हो। आसाममा यस वर्ष मात्र करिब ६० हात्ती मारिएको अनुमान गरिएको पनि बर्माले बताए। 

प्रकाशित: २५ मंसिर २०७४ ११:११ सोमबार

रेलले ठक्कर दिँदा हात्तीको मृत्यु