राजनीति

काँग्रेसबाट जित्नेमध्ये देवेन्द्रराज कँडेलको मतान्तर सबैभन्दा बढी

काँग्रेस नेता देवेन्द्रराज कँडेल। फाइल तस्विर

काठमाडौं—काँग्रेस नेता देवेन्द्रराज कँडेल नवलपरासी पश्चिम-२ बाट विजयी भएका छन्। देशैभरि बाम गठबन्धनको लहर चलेको बेला उनी काँग्रेसबाट जित्नेमध्ये मध्ये सबैभन्दा बढी अन्तरको जित निकाल्न सफल भएका हुन्। काँग्रेसका अधिकांश विजेताहरुले १ देखि २ हजार मत अन्तरको जित निकालेका छन्।

नेता कँडेल नवलपरासी पश्चिम– २ बाट ३४ हजार १३० मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी बाम गठबन्धनका माओवादी उम्मेदवार घनश्याम यादवले २३ हजार ८९८ मत पाए। काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट ६ हजार ९१५ मत अन्तर मात्र निकालेर विजयी भए।

दोलखामा बाम गठबन्धनका एमाले उम्मेदवार पार्वत गुरुङले ३० हजार १५३ मतको अन्तर निकालेका थिए। गुरुङले ल्याएको मतअन्तर नै यो चुनाबको सर्वाधिक अन्तर हुने देखिएको छ। सबैभन्दा बढी मत एमाले अध्यक्ष केपी शर्माले ओलीले पाएका छन्। झापा-५ बाट उनले ५७ हजार १३९ मत ल्याएर विजयी भएका थिए।

 

 

 

प्रकाशित: २५ मंसिर २०७४ ०९:२८ सोमबार

काँग्रेसबाट जित्नेमध्ये देवेन्द्रराज कँडेलको मतान्तर सबैभन्दा बढी