राजनीति

शरदसिंह भण्डारी दोब्बर बढी मतले विजयी

राजपा नेता शरदसिंह भण्डारी

महोत्तरी— राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी दोब्बर भन्दा बढी मत फरकले विजयी भएका छन्। उनी महोत्तरी-२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका थिए।

पूर्वमन्त्री समेत रहेका भण्डारीले ३० हजार ७२२ मत पाए। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका किरण यादवले १३ हजार ९७४ मत पाए।

महोत्तरी-२ मा राजपा तथा तराई केन्द्रित अर्को दल संघीय समाजवादी फोरमबीच चुनाबी तालमेल थियो।

 

 

 

प्रकाशित: २५ मंसिर २०७४ ०२:०३ सोमबार

शरदसिंह भण्डारी दोब्बर बढी मतले