राजनीति

गोविन्दराज पोखरेल भारी मतान्तरले पराजित

काठमाडौं- राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएर प्रतिनिधि सभाको निर्वाचन लड्न प्युठान पुगेका गोविन्दराज पोखरेल पराजित भएका छन्। पोखरेललाई वामगठवन्धनकी दुर्गा पौडेलले १६ हजार २ सय ८८ मतान्तरले पराजित गरेकी हुन्। पौडेलले ४७ हजार ५ सय १४ मत ल्याउँदा पोखरेलले ३१ हजार २ सय ८६ मत प्राप्त गरे। पोखरेल नेपाली कांग्रेसका उम्मेदवार हुन्।

प्रकाशित: २४ मंसिर २०७४ १७:५३ आइतबार

गोविन्दराज पोखरेल भारी मतान्तरले पराजित