राजनीति

सर्लाही २ मा महेन्द्र राय यादव विजयी

मलंगवा- सर्लाही प्रतिनिधिसभा क्षेत्र नं २ राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव २९१९१ मतका साथ विजयी भएका छन् । उनले नेपाली कांग्रेसका जंगिलाल रायलाई १०२१५ काे फराकिलाे मतान्तरले पराजित गरेका हुन् ।

राजपाकाे महामन्त्री हैसियतमा रहेका जंगिलालले पार्टीकाे टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्थानीय तहकाे निर्वाचनअघि साे पार्टी छाडेका थिए।

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनकाे पूर्व सन्ध्यामा पुरानाे घर कांग्रेस प्रवेश गर्दै राजपा अध्यक्ष मण्डल सदस्य महेन्द्रसँग भिडेका जंगिलालले १८९७६ मत मात्र पाए । उक्त प्रतिनिधिसभाअन्तर्गत प्रदेस क र ख दुवैमा राजपाकै उम्मेद्वार विजयी भएका छन्।

प्रकाशित: २४ मंसिर २०७४ १७:२२ आइतबार

सर्लाही महेन्द्र राय यादव