राजनीति

काँग्रेस महामन्त्री कोइराला ४ हजार मतले अगाडि

काँग्रेस महामन्त्री डा.शशांक कोइराला

नवलपुर—नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला जिततर्फ अग्रसर देखिएका छन्। उनी आफ्ना निकटम प्रतिद्वन्द्वीभन्दा ४ हजार ३८४ मतले अगाडि छन्।

नवलपरासी (पूर्व) - १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका डा. कोइरालाले २७ हजार ४०८ मत ल्याएका छन्। बाम गठबन्धनका भविष्वर पराजुलीले २३ हजार २४ मतका साथ उनलाई पछ्‌याइरहेका छन्।

नवलपरासी (पूर्व) -२ का काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णुकुमार कार्की २६ हजार ८०२ मतका साथ अगाडि छन्। बाम गठबन्धनका तिलक महत २५ हजार ४५८ मतका साथ दोस्रो स्थानमा छन्।

प्रकाशित: २४ मंसिर २०७४ ०९:१५ आइतबार

काँग्रेस महामन्त्री कोइराला मतले अगाडि