राजनीति

काठमाडौ-५ बाट ईश्वर पोखरेल विजयी

एमाले नेता ईश्वर पोखरेल

काठमाडौं— प्रतिनिधि सभा सदस्यमा काठमाडौं-५ बाट बाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार ईश्वर पोखरेल विजयी भएका छन्। पोखरेलले २३ हजार २९ मत ल्याए। उनका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश शरण महतले १३ हजार १६९ मत ल्याए।

काठमाडौंका १० सिटमध्ये एमालेले ६ वटा जितेको छ। ४ वटामा काँग्रेस उम्मेदवार विजयी भए। 

प्रकाशित: २४ मंसिर २०७४ ०३:५६ आइतबार

काठमाडौ-५ ईश्वर पोखरेल