राजनीति

भोजपुरबाट माओवादी नेता किराँती १३ हजार मत अन्तरले विजयी

भोजपुर—प्रतिनिधिसभा सदस्यमा भोजपुरको वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदन किराँती ३४ हजार ३९४ मत ल्याई विजय भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मत प्राप्त गरे।

त्यस्तै, प्रदेश नं. १ तर्फ वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) का उम्मेदवार राजेन्द्रकुमार राईले १९ हजार २९७ मत ल्याएर विजय भए।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार अजम्बर काङमाङ राईले ११ हजार ५४१ मत प्राप्त गरे। भोजपुरमा कुल ६५ हजार मत खसेको थियो।

प्रकाशित: २४ मंसिर २०७४ ०१:०७ आइतबार

भोजपुरबाट माओवादी नेता किराँती १३ मत अन्तरले