राजनीति

कास्की ३ मा एमालेका जगत विश्वकर्मा विजयी

पोखरा- कांस्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका जगत विश्वकर्मा विजयी भएका छन्। उनले नेपाली कांग्रेसका शुक्रराज शर्मालाई पराजित गरेका हुन्। विश्वकर्माले  ३२ हजार ६ सय ९० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शर्माले २४ हजार ३ सय ४ मत प्राप्त गरे।  

प्रकाशित: २३ मंसिर २०७४ १८:०९ शनिबार

कास्की एमालेका जगत विश्वकर्मा