राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विगतमा जस्तै भूकम्प पीडितलाई आएका राहत सामग्री गोदाममै थन्किन नदिन सरकारको ध्यानाकर्षण गराएको छ।
सोमबार पार्टी उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा रास्वपा सांसद टोलीले प्रधानमन्त्री कार्यालयमा पुगी सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
विगतमा जस्तै चामलका बोरा गोदाममा नकुहिउन् र कसैले दोहोरो तेहेरो राहत प्राप्त गर्दै गर्दा कुनै पीडितले राहत पाउँदै नपाउने अवस्था नबनोस् भन्नका लागि मुख्य सचिवमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।
प्रकाशित: २० कार्तिक २०८० ०९:५१ सोमबार