राजनीति

ललितपुर १ मा नवराज सिलवाल विजयी

ललितपुर- ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उदय शम्सेर राणालाई पराजित गरेका हुन्। सिलवालले २६९४७ मत प्राप्त गरे भने राणाले २०७२९ मत प्राप्त गरेका छन्। सिलवाल नेपाल प्रहरीका पूर्व डिआइजी हुन्। राणा वर्तमान अर्थराज्यमन्त्री हुन्।   

प्रकाशित: २३ मंसिर २०७४ १५:४० शनिबार

ललितपुर नवराज सिलवाल