राजनीति

शिवकुमार मण्डलले काँग्रेसका अमृत अर्याललाई हराए

विराटनगर—मोरङ क्षेत्र नं. ५ मा वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल विजयी भएका छन्। उनले काँग्रेसका अमृत अर्याललाई हराए।

मण्डल २२ हजार ९४५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका अमृत अर्यालले १९ हजार ९५३ हजार मत ल्याए। संघीयस समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६४९ मत पाए।

विजयी मण्डल वर्तमान देउवा सरकारका विना विभागीय मन्त्री हुन्।

क्षेत्र नं. ५ को नतिजा घोषणा भएसँगै मोरङका ६ वटै क्षेत्रको प्रतिनिधिसभातर्फको मतगणना सम्पन्न भएको छ।  मोरङ २ बाहेक पाँच स्थानमा बाम गठबन्धन विजयी भएको छ।

प्रकाशित: २३ मंसिर २०७४ १०:१३ शनिबार

शिवकुमार मण्डलले काँग्रेसका अमृत अर्याललाई हराए