राजनीति

डा.भट्टराई ५ हजार मतले अगाडि, १० हजार गणना गर्न बाँकी

डा.बाबुराम भट्टराई

गोरखा—नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँगको मतान्तर बढाउँदै लगेका छन्। ५० हजार ४६ मत गणना गर्दा भट्टराईको २५ हजार आठ सय ७३ मत प्राप्त गरेका छन् भने श्रेष्ठले २१ हजार दुई सय ७७ मत प्राप्त गरेका छन्।

गोरखा(२ को अझै १० हजार ६३ मत गणना हुन बाँकी छ। चार हजार पाँच सय ९६ मतले भट्टराई अगाडि देखिएका छन्। उनको निरन्तर अग्रता कायमै छ। गोरखा १ मा बाम गठबन्धनका उम्मेदवार र २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अगाडि छन्।

आज साँझसम्म परिणाम आउने जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले नागरिकन्युजसँग बताए।

प्रकाशित: २३ मंसिर २०७४ ०६:१३ शनिबार

डा.भट्टराई मतले अगाडि १० गणना गर्न बाँकी