राजनीति

कर्णालीका तीनवटै मुख्यमन्त्रीका आकांक्षी विजयी

जुम्ला– प्रदेश नम्बर ६ बाट मुख्यमन्त्रीका आकांक्षी कर्णालीका तीनै जना उम्मेदवार विजयी बनेका  छ । जुम्लाका नरेश भण्डारी, कालिकोटका महेन्द्र शाही र हुम्लाका जीवनबहादुर शाही विजयी बनेका हुन् ।

जुम्लाका भण्डारी, कालिकोटका शाही वामगठवन्धनका साझा उम्मेदवार थिए । हुम्लाका जीवन शाही नेपाली कांग्रेसका प्रदेश सभा क्षेत्र नम्बर (ख)का बाट उठेका थिए । उनले नेकपा माओवादी केन्द्रका विजय भण्डारीलाई हराउँदै जीत हासिल गरेका हुन । उनले ४ हजार ५ सय १९ मत प्राप्त गरे । उनको निकट्तम प्रतिस्पर्धी भण्डारीले ३ हजार ९ सय ९३ मत पाए ।

जुम्ला प्रदेश क्षेत्र नम्बर (क)मा वामगठवन्धनको तर्फबाट उम्मेदवार बनेको नरेश भण्डारीले   नेपाली कांग्रेसका राजुसिंह कठायतलाई ४ हजार ४० मतले पछि पार्दै गठबन्धनका भण्डारी विजयी बने । भण्डारीले १२ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् । उनको निकट्तम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका कठायतले ८ हजार ५ सय ३४ मत प्राप्त गरे ।

कालिकोटका महेन्द्रबहादुर शाहीले १२ हजार १ सय ३५ मत प्राप्त गरेर विजयी बने । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कालीबहादुर सहकारीले ९ हजार ३ सय ४२ मत प्राप्त गरेका थिए । निर्वाचित भएसँगै तीनै जना मुख्यमन्त्रीको उम्मेदवार बन्ने बाटो खुला भएको छ । कालिकोटका महेन्द्रबहादुर निवर्तमान ऊर्जामन्त्री हुन्, हुम्लाका जीवनबहादुर पूर्व पर्यटनमन्त्री हुन भने जुम्लाका भण्डारी २०६४ सालमा विजयी सांसद हुन् ।

 

प्रकाशित: २३ मंसिर २०७४ ०५:१० शनिबार

कर्णालीका तीनवटै मुख्यमन्त्रीका आकांक्षी