राजनीति

ललितपुर-३ मा पम्फा भुसाल विजयी

ललितपुर—प्रतिनिधिसभा–३ मा नेकपा(माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल विजयी भएकी छिन्। भुसाल २४ हजार ३६ मत ल्याएर विजयी भएकी हुन्।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३२९ मत पाए।

भुसाल दोस्रो पटक यस क्षेत्रबाट विजयी भएकी हुन्। उनी यसअघि विसं २०६४ मा भएको संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएकी थिइन्।

भुसाल लामो समयदेखि ललितपुर क्षेत्रमा बसोबास गर्दै आएकी छिन्। तत्कालीन नेकपा(माओवादी) सरकारमा हुँदा उहाँ तीन पटक मन्त्री भइसकेकी छिन्।

प्रकाशित: २३ मंसिर २०७४ ०४:१८ शनिबार

ललितपुर-३ पम्फा भुसाल