राजनीति

जुम्ला प्रतिनिधीसभामा गजेन्द्रबहादुर महत विजयी

जुम्ला– जुम्ला प्रतिनिधिसभा सदस्यमा वामगठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत भारी मतका साथ विजयी भएका छन ।
नेपाली कांग्रेसका देवेन्द्रबहादुर शाहीलाई ८ हजार ४८ मतले हराउँदै गठबन्धनका गजेन्द्रबहादुर विजयी भएका हुन । उनले २२ हजार १ स ७३ मत प्राप्त गरेका छन् । उनका निकट्तम प्रतिस्पर्धी देवेन्द्रबहादुर शाहीले१४ हजार १ सय ४९ मत ल्याएका छन ।
गजेन्द्रबहादुर महतले जुम्लाको इतिहासमा अहिले सम्मकै रेकर्ड तोडेका हुन । माओवादी फुट्दा संगठन जोगाउने अभिभावको रुपमा उनलाई लिने गरिएको छ ।
यस्तै नेमकिपाका डिल्लीप्रसाद काफ्लेले २ हजार ७ सय १८ मत पाए । १ हजार ६ सय ८७ मत बदर भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लावाट ४१ हजार ५ सय ५६ मत खसेको थियो । जिल्लाभर ५९ हजार ५८ मतदाता थिए ।  २०२५ वैशाख १० गते आमा गोकर्णमाया महत र बुबा गोकर्णबहादुर महतको कोखबाट जन्मिएका थिए । उनले २०४५ सालबाट २०५३ सालसम्म नेमकिपाबाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०५४ सालमा नेमकिपा क्रान्तिकारी पार्टी खोलेर काम गरे । २०५६ को अन्त्यसँगै माओवादीमा प्रवेश गरेर भूमिगत जीवन व्यतित गरे । २०५९ सालमा जुम्ला कालिकोटको जनसरकार प्रमुख बने ।
शान्ति प्रक्रियामा आउनुअघि सम्म जनसत्ता सञ्चालनको अभ्यास गरे । २०६२–०६३ को जनआन्दोलनसँगै शान्ति प्रक्रियामा आएर उनी नेकपा माओवादीको केन्द्रीय सदस्य भए । कैयौँ पटक जुम्लाको इन्चार्जको भूमिका निभाइसकेका उनले २०७० सालको संविधान सभाको चुनावमा उम्मेदवार भएर पराजित बने । उनले २०५१ सालमा स्थायी शिक्षकबाट राजीनामा दिएर राजनीतिक यात्रा तय गरेका थिए ।

प्रकाशित: २३ मंसिर २०७४ ०३:२७ शनिबार

जुम्ला प्रतिनिधीसभामा गजेन्द्रबहादुर महत