राजनीति

ललितपुर २ मा एमालेका महर्जन विजयी

ललितपुर- प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णलाल महर्जन विजयी भएका छन्। उनले २७ हजार ७१३ र उनका निकटतम प्रतिष्पर्धी नेपाली काङ्ग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत ल्याए।

कृष्णलाल यसअघि विसं २०५६ को आमनिर्वाचनमा समेत सोही क्षेत्रबाट विजयी भएका थिए। निर्वाचन अधिकृत विनोदकुमार भट्टराईले निर्वाचनको अन्तिम परिणाम सुनाउँदै कृष्णलाललाई विजयी भएको घोषणा गरेका थिए।

प्रकाशित: २३ मंसिर २०७४ ०२:१३ शनिबार

ललितपुर एमालेका महर्जन