राजनीति

मोरङ ६ मा लालबाबु पण्डित र ३ मा भानुभक्त ढकाल विजयी

विराटनगर- मोरङका छमध्ये दुई निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । 

सोअनुरुप मोरङ–६ बाट नेकपा (एमाले)का लालबाबु पण्डित ३३ हजार ९४१ मत प्राप्त गरी निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा शेखर कोइरालाले ३३ हजार २६६ मत प्राप्त गरे। 

त्यस्तै मोरङ –३ बाट एमालेका भानुभक्त ढकाल ४२ हजार ४१३ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित: २३ मंसिर २०७४ ०२:०४ शनिबार

मोरङ लालबाबु पण्डित भानुभक्त ढकाल