राजनीति

धादिङ क्षेत्र नं २ प्रदेश सभा 'ख' मा माओवादीका जमरकट्टेल विजयी

 धादिङ- धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा 'ख' मा माओवादी केन्द्रका शालिकग्राम जमरकट्टेल विजयी भएका छन्। जमरकट्टेलले २३ हजार ३ सय ८२ मत ल्याई विजयी भएका हुन्। जमरकट्टेलका निकटतम प्रतिद्धन्द्धि नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत ल्याएका छन्। कुल ३५ हजार ८ सय २९ मत यस क्षेत्रमा खसेको थियो । जमरकट्टेल र सुवेदीबीच १२ हजार ९ सय ७५ मतान्तर रहेको छ ।

प्रकाशित: २२ मंसिर २०७४ १६:०९ शुक्रबार

धादिङ क्षेत्र नं प्रदेश सभा माओवादीका जमरकट्टेल