राजनीति

महोत्तरी ३ को मतगणना स्थगित

महोत्तरी- महोत्तरी क्षेत्र नंम्बर ३ मा प्रतिनिधि सभा तर्फको मतगणना स्थगित भएको छ। जलेश्वर नगरपालिका ५ को मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित भएको हो। उक्त मतदान केन्द्रमा १२ सय ४७ मत खसेकोमा मतपेटिएका १३ सय ४३ भेटिएपछि विवाद भएको हो। उक्त क्षेत्रमा महन्थ ठाकुर,  माओवादी केन्द्रका विजय कुमार चौधरी र स्वतन्त्र उम्मेदवार चन्द्रेश्वर झा उम्मेदवार रहेका छन्।  

प्रकाशित: २२ मंसिर २०७४ १४:०० शुक्रबार

महोत्तरी को मतगणना स्थगित